'मेरो देश कतै भेटिएन'

बिचरी माईली काकी-
महाकालीको किनारमा जिन्दगी खोज्दैछिन् अझै ।

भन्छीन्,
यो माटो होईन
मेरो छोरा-बुहारीको अस्तु हो ।
मेरो नातीको दुई भित्ते ज्यान
अनि मेरी नातीनीको काँचो बोली
यही माटो भित्र पुरीएको छ ।

दैवले चिहान बनाउनु अघि,
माईला काका-
त्यहाँ मन्दिर बनाउछु भन्थे ।
उनि पनि एउटा देवताको खोजीमा थिए
जसले देश दु:खेको होस्,
जसले देश रोएको होस्
कठै मेरा काका-
देवताको सराप लागेको देशमा
देवता खोज्न माहाकालीमै हराए ।

खै के खोजु म-
देवता या जिन्दगी ??
कहाँ खोजु म-
माटो या माहाकाली ??
खोज्दा खोज्दै मेरो देश
कयौ काका काकी हराईसके,
हराएको मेरो देश कतै भेटिएन ।।

Comments

Popular Posts