के तिमी आफ्नो सपना बाच्नेछौ?

हो म Sociology पढ्न चाहान्थे तर मैले कहिल्यै भनिन कि म Engineering पढ्न चाहान्न । बुवा म डाक्टर बनेको हेर्न चाहानुहुन्थ्यो । त्यो बरु मैले कहिल्यै चाहिन । यसर्थ यो भयो कि मैले मेरो सपनालाई कहिल्यै छोडीन ।

आज च्याटमा एकजना भाईले मलाई भन्यो,“दाई म Lawyer बन्न चाहान्छु । तर ड्याडीले Engineering पढ भन्दै हुनुहुन्छ । कतिको गाह्रो हुन्छ?”
मैले भने,“ सजिलो छ तर तिमी Law नै पढ । आफ्नो रुचीको बिषय पढ ।”
उसले भन्यो,“तपाईले पनि यदि आफ्नो रुचीको विषय पढेको भए आज कि त Artist बन्नुहुन्थ्यो कि त Writer वा समाजसेवी । किन Engineering पढ्नु भयो त ?” उसले त्यसो भन्दा मेरो मन नदुखेको होईन । त्यस समय उसलाई चित्त बुझ्दो जवाफ दिन सकिन मैले ।
भाई Artist, Writer वा समाजसेवी बन्न मलाई Degree चाहीदैन । त्यो त मेरो लागि म अहिले पनि छु र जुन दिन हातमा Er. को Degree झुण्डाएर नेपाल फर्कनेछु त्यो दिन पनि हुनेछु । म त आफ्नो सपना बाचीरहेको छु । के तिमी आफ्नो सपना बाच्नेछौ?

Comments

Popular Posts