पर्दा



पर्दा नहुदो हो त
सायद दुरी नहुदो हो,
दुरी नहुदो हो त
सायद माया नहुदो हो,
अनि माया नै नभए
जीन्दगी हुनुको के अर्थ ?
पर्दा जीन्दगी हो
म पर्दा बाचीरहेको छु ।

पर्दा मेरो ओठको मुस्कान हो
म आफूलाई लुकाएर पर्दा भित्र
एउटा रंगिन जीन्दगी रच्दैछु,
अदृश्य छन्
त्यो पर्दा भित्रका कथा
क्था भित्र आँशु छ, पीडा छ
तर पर्दा सुन्दर छ
पर्दा निर्भीक हाँसो हाँसीरहेको छ,
र त हाँसोको पर्दा ओडेर
म अर्को जीन्दगी बाचीरहेको छु,
पर्दा जीन्दगी हो
म पर्दा बाचीरहेको छु ।
मेरो जीन्दगीको पर्दा
रुन जानेको छैन,
तर मन न हो रुदो रहेछ
अनी त्यो आँशु
म पर्दाले नै सुकाउने गर्छु,
पर्दा जाँदु हो
भलै आँखा रसाएर आउला
ओठले मुस्कुराउन सिकेको छ,
पर्दा भित्रको जीन्दगी
कराउला, चिच्याउला
कहीले एक्लै पागल जस्तै
आफैसँग बादबिबाद गर्ला,
लुकाएर आवाज हृदय भित्रै
म कृतिम खुसी हाँसीरहेको छु
पर्दा जीन्दगी हो
म पर्दा बाचीरहेको छु ।

Comments

Popular Posts