जिउदो लास हुँ म मरिसके

सपना देखाई गयौ टाढा ।
माया भुलाई गयौ टाढा ॥

किन ओझेलमा पार्यौ मलाई ?
के गल्ती गरे र छाड्यौ मलाई ?

म त खरानी भई जलिसके ।
जिउदो लास हुँ म मरिसके ॥

अब याद आएर अझै नमार ।
जिस्काउदै मलाई आघात नपार ॥

चोट के हो तिमीलाई के थाहा ?
के बुझ्थ्यौ तिमीले यो मुटुको ब्यथा ?

म तिम्रै मायाले गलिसके ।
जिउदो लास हुँ म मरिसके ॥

Comments

Popular Posts