नचलाऊ मलाई

यस्तै रहन देऊ समय
बिथोल्न नखोज अस्थिर मन
म त भरिएको गाग्री जस्तै बनेको छु
पोखीन सक्छु नचलाऊ मलाई ।।

मर्न सक्छु बरु तिम्रो लागि
तर नखेलाऊ म कुनै खेलौना होईन
आफुलाई मार्न जस्तो सजीलो
छैन साननानी सपना मार्न,
भो 
ब्यर्थ नजोड सस्तो साईनो
बजारमा बिक्ने बाजारु जस्तै
लिलाम नगर सपनाको तिमी
टुक्रीन सक्छु नकोट्याउ मलाई
म सपनै सपनामा बाचेको छु
धमिलीन सक्छु नजिस्काऊ मलाई ।।

Comments

Popular Posts