मेरो प्रेम कथा- 1
:
“मलाई थाहा छैन उनीहरु प्रेम गर्छन् र किन प्रेमको इजहार गर्न डराउछन् । तर म निर्धक्क भन्न सक्छु म उसलाई माया गर्छु र सधै गरिनै रहनेछु ।”
मेरो पहिलो प्रेम, जिन्दगीको पहिलो अनुभव थियो मेरो । एउटा नौलो, अनौठो काउकुती लाग्ने गर्दथ्यो मनमा । सपना धेरै खिल्न थालेका थिए । उसैको मुहार हुन्थ्यो आँखाभरी । मेरा हरेक सृजनामा शब्द बनेर सजीने गरेको थियो उसैको नाम । मेरो मस्तिष्कमा उसैको डेरा थियो । अजिव चाहाना बसेको थियो उसलाई पाउने, उसँगै बस्ने, उसँगै रमाउने, उसँगै हास्ने, उसँगै खेल्ने । उसैको मात्र आवाज गुञ्जीरहन्थ्यो । कोर्न चाहँे चित्रमा उसको मुहार, अनजानमा मनभित्रै कोरीन पुगेछ । चाहेर पनि भुल्न सक्दिन उसँगको सामिप्यता । मेरो जिन्दगीको पहिलो प्रेम एउटा स्वर्गीय अनुभुति थियो । निष्ठुरी समयले हाम्रो साथ त छुटायो तर जिन्दगीको अनिदो अनुभव दिलाएको छ जसलाई म चाहेर पनि भुल्न सक्दिँन ।
त्यो दिन जव मेरो स्मरणपटलमा स्फटीक बनेर देखापर्छ म उसको मिठो बोली अनुभुत गर्न पुग्छु जसले पहिलो पटक नै मलाई ऊ प्रति आकर्षित गराएको थियो । त्यो आवाजमा विल्कुलै निर्दोष बालापन थियो । ति मृदुभाषी लवजहरु मेरा कानमा भलै पहिलो पटक अनुभुत थिए तर पनि त्यसमा मैले नौलो किसीमको सामिप्यता पाएको थिएँ । लाग्दथ्यो त्यो आवाज मेरा लागि थियो, मलाई नै बोलाईरहे जस्तो अथवा मलाई नै सुनईरहे जस्तो । म सुनिरहेको थिएँ उसलाई । दृश्टान्त पुस्तक पसलमै केन्द्रित छ । उ पनि त्यही केही किन्न आएकी थिईन । मैले भुलिसकेको थिएँ म त्यहाँ किन थिएँ । सेतो कुर्तामा पहेलो, शुन्तला र गुलावी रंगको यति मिठो समिश्रण थियो की जिन्दगीको अनौठो रङ्ग महसुस गर्न पुगेको थिएँ । त्यो बोली अनि त्यो कुर्ताको रंग, म त आतुर थिएँ उसको सुन्दर मुहार हेर्न । हुन त उसलाई नै हेरीरहेको थिएँ म तर पनि उसको मुहारको चमक पढ्न भने सकिरहेको थिईन म । टोलाएर हेरीरहन पनि त सक्थिँन नी म उसलाई । तर पनि म मग्न थिएँ उसकै संसारमा । एक्कासी टेबुलमा भएको फुलबुट्टे छाताले मेरो ध्यान नै भङ्ग गरिदियो । छाता भुँइमा खस्यो । म झस्कीएँ । छाता उठाएर पहिल्यैको स्थानमा राख्न चाहान्थे । म चल्न सकीँन । उनी पनि त्यही छाता उठाउन खोज्दै थिई । मेरा आँखा उसका आँखासँग जुध्न पुगे । म अन्योलमा थिएँ । मेरा आखाँ हटेनन् । उसको त्यो सुन्दर आँखा भित्र मैले भिन्न आत्मिएता भेटेँ । तर एकैछिन्मा भङ्ग भयो त्यो पल । उसका नयन परिवर्तन भए । सायद त्यो डर थियो वा लाज मैले ठम्योउन सकीनँ । मेरा आँखा बल्ल हटे । तर एक्कासी ऊ भने त्यो छाता लिएर आफ्ना संगीहरुसँग त्यहा बाट छुटिई । म भने उसलाई हेरीरहे मात्र हेरीरहे । तर जव टाढा पुगेपछी उसको नजर पुन ममा ठोक्कीन पुग्यो, म आत्तीएँ । ऊ मुस्कुराई तर मेरो मन हाँस्न सकेन सायद त्यो क्षणीक अनुभुतीसँगै कोही आफ्नो गुमाएछु मैले ।...........
बाकी अर्को पोष्टमा...
Comments
Post a Comment