कसैकसैलाई

कसैकसैलाई
तर्सिरहन्छु म
कस्तो होला त्यो पल
त्यो अविस्मरणीय बन्नेछ
निशब्दता त पक्कै छाउने छ
हेराहेर त पक्कै हुनेछ ।
यो कुनै मिलन पछिको विछोड
या विछोड पछिको मिलन होइन
हामी अजनवी त रहनेछैनौँ
न नै आत्मीय
के भनुँ म यसलाई
म आफैलाई थहा छैन
त्यसपलको प्रतिक्षा त गरेकै छुँ
तर सामना,
अँह म गर्न सक्दिन ।

सामना त पक्कै हुनेछ
मनमा आँधीवेरी त पक्कै आउने छ
तर के आँधी थामिएला ?
शान्ति वार्ता होला कि नहोला ?
— भवानी खनाल ।

Comments

Popular Posts